मकवानपुर भीमफेदीमा दुर्घटनाका मृतक ६ जनाको सनाखत !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ७, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ७, काठमाण्डौ । बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका– ६ स्थित एघार घुम्तीमा भएको यात्रुबाहक मिनीबस दुर्घटनामा मृत्यु हुने सातमध्ये ६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने, बाराको झिट्कैयाका ३३ वर्षीय अब्दुल्लाहा मियाँ ठकुराई, बारा जितपुरका २५ वर्षीय शेख अरमान, मकवानपुरगढी– ३ का ४३ वर्षीय मदन विक, पर्साको वीरगन्ज– ३१ का ४२ वर्षीय हृदयनारायण पञ्जियार र भारत मोतीहारीका ३५ वर्षीय सरदनारायण शर्माको मृत्यु भएको हो ।

काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा।३ख ७८५८ नम्बरका बस जुरिखेतस्थित एघार घुम्तीमा ब्रेक फेल भएर दुर्घटनामा परेको थियो । ३३ जना सवार रहेको बस दुर्घटनाका घाइते २६ घाइतेमध्ये गम्भीर तीनजनाको भरतपुरमा र २३ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस