पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खुल्ला !

Post Thumbnail

असोज ८, काठमाण्डौ । पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ । गएराति १२ बजेतिर भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको र डोजर लगाएर पहिरो हटाएपछि बिहानदेखि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाटो बन्द हुँदा गन्तव्यमा हिँडेका गाडी र यात्रु राति बाटैमा रोकिएका थिए । अहिले रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् । नारायणगढ–मुग्लिन सडक खण्डमा बेलाबेला पहिरो खस्दा सडक बन्द हुँदै आएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस