दशैंको मुखमा देशको मुख्य नाकाबाटै तस्करी गर्ने बढ्दो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ८, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ८, काठमाण्डौ । वीरगञ्ज । दशैंको मुखमा देशको मुख्य नाकाबाटै तस्करी गर्ने क्रमले तीव्रता पाएको छ । दशैं नजिकिएसँगै तस्करहरूले मुख्य नाका वीरगञ्जबाट गुटखा, हार्डवेयरका सामानको तस्करी गरिरहेका छन् । सोहीक्रममा भन्सार छली ल्याइएको एक करोड ६७ लाख भन्दा बढीको हार्डवेयर र गुटखासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं १० ग्रिनसिटी चोकस्थित सडकखण्डमा ना ५ ख ४८३१ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गरेको थियो । चेकजाँच गर्ने क्रममा श्री भैरव ट्रासपोर्टबाट पठाइएको सो ट्रकमा बिलबिजक बिनाको विभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरू प्रहरीले बरामद गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस