हिन्दूराज्यको मागमा अनशनरत कँडेलको स्वास्थ्य अवस्था बिग्रँदै

असोज ८, काठमाण्डौ । हिन्दूराज्यको माग गर्दै नारायणगढस्थित नारायणी नदी किनारमा आमरण अनशन बसेका प्रेमनिधि कँडेल भारतद्वाजको स्वास्थ्य अवस्था बिग्रिँदैै गएको छ । अनशनको आज सातौँ दिन उनको स्वास्थ्य विभिन्न समस्या बढ्दै गएका छन् ।

अनशनरत भारद्वाजको नियमित स्वास्थ्य परीक्षण गर्नुभएका डा प्रशान्त कँडेलका अनुसार उनको शरीरमा ग्लुकोज र ‘सोडियम’को मात्रा घटेको छ भने ‘युरिकएसिड’ र ‘विलुरुविन’को मात्रा बढ्दै गएको छ । पिसाबमा युरिन एसिडोन बढेको उनले जानकारी दिए । उनले भने, “उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । स्लाइन दिनुपर्छभन्दा मान्नु भएको छैन ।” तत्काल उपचारको प्रक्रिया अगाडि बढाउनुपर्ने डा कँडेलले बताए ।

श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को आह्वानमा अध्यक्ष कँडेल आमरण अनशन बसेका हुन् । उनले सनातन हिन्दूराष्ट्र घोषणाका लागि दबाव दिन आमरण अनशन सुरु गरेका हुन् । उनी यसअघि पनि दुर्ई पटक आमरण अनशन बसिसकेका छन् ।

विसं २०७२ भदौ १४ गते १७ दिन आमरण अनशन बसेपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले माग सम्बोधन हुने भन्दै अनशन तोडाएका थिए । संविधान घोषणा भएका दिन आन्दोलनमा उत्रिएपछि उनी पक्राउ परेका थिए ।

उनकै अगुवाइमा २०७६ देखि नारायणी नदी किनारमा महाआरती हुँदै आइरहेको छ । रिले अनशनमा सनातन संस्कृति संरक्षणका अभियन्ता, सर्वसाधारणसमेत सहभागी भएका छन् । उनीसँगै दैनिक पाँच जना रिले अनशन बस्दै आएका छन् ।

संम्बन्धित समचार

Leave a Reply