बेचबिखनका लागि भारत लैजाँदै गर्दा चार केटीहरुको उद्धार, चार पुरुष पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ आश्विन ८, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ८, काठमाण्डौ । बेचबिखनको लागि भारततर्फ लैजाँदै गरेको आशंकामा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमले चार युवतीको उद्धार गरेको छ भने चार पुरुषलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बीओपी भुजहवा र भारतीय सुरक्षा सीमा बल एसएसबीको समन्वय र सहयोगमा चारै जना महिलाहरुसँग आवश्यक सोधपुछ गर्दा बेचबिखनको आशंकामा उक्त नेपाली युवतीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।

उद्धार गरिएकी युवतीलाई सशस्त्र प्रहरीले माइती नेपालको संरक्षणमा राखेको छ । चारै जना नेपाली युवतीलाई दिल्ली हुँदै कुवेत पठाउने गरिएको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस