एमाले अध्यक्ष ओलीले चढे जनकपुर–जयनगर रेल !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ८, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ८, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाली रेलमा चढेर सरर यात्रा गरेको छ । धनुषा निर्वाचन क्षेत्र नं २ मा पर्ने विदेह नगरपालिकामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जानेक्रममा उनले नेपालको एक मात्र जनकपुर–जयनगर रेल चढेर यात्रा गरेका छन् ।

पूर्व प्रधानमन्त्री ओली नेतृत्वको सरकारले धनुषाको कुर्थादेखि जनकपुरधाम हुँदै भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि रेलको दुई वटा ईन्जिनसहितको वोगी भारतबाट खरिद गरेको थियो । ओली धनुषा आएकोबेला रेलको यात्रा गर्नुभएको एमाले केन्द्रीय सदस्य सञ्जिव झाले जानकारी दिए । पुर्व प्रधानमन्त्री रेल यात्रा गर्ने भएपछि शनिबार एक घण्टा ढिलोगरी रेल जनकपुरधामबाट भारतको जयनगरसम्मका लागि प्रस्थान गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस