सुनचाँदीको भाउ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ आश्विन ९, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

आश्विन ९,काठमाडौँ । सुन चाँदीको भाउ आज घटेको छ । आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा पुगेको भाउ फेरि आज एक हजार रुपैयाँले नै घटेको हो ।

यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस