एनआरएनएद्वारा नेपाली नागरिकता सम्बन्धी ऐन समयमा नै नबनेकोमा दुःख व्यक्त

असोज ९, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले नेपाली नागरिकता सम्बन्धी ऐन समयमा नै नबनेकोमा दुःख व्यक्त गरेको छ । ‘दुवै सदनबाट पारित विधेयकमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताका विषयमा नेपालका राजनीतिक दलहरुका बीच सर्वसहमति हुँदा हुँदै पनि नागरिकता विधेयकले ऐनको रुप लिएर कार्यान्वयन हुन नसकेको अहिलेको अवस्थाले गैरआवासीय नेपालीहरुलाई दुखित बनाएको छ,’ एनआरएनएद्वारा आज जारी विज्ञिप्तिमा उल्लेख छ ।

‘नेपाली नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९’ संसदको दुबै सदनबाट पारित हुँदा सम्पूर्ण गैरआवासीय नेपालीहरु अत्यन्तै हर्षित भएको विज्ञप्तिमा जनाइएको छ । तर राष्ट्रपतिले प्रमाणीकरण नगरिदिंदा विधेयक निस्क्रिय भएको छ ।

संम्बन्धित समचार

Leave a Reply