पार्टीभित्र न्याय नभएको कांग्रेस संस्थापन इतर समूहको गुनासो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ९, काठमाण्डौ ।  नेपाली कांग्रेस संस्थापक इतर समूहका नेताहरुले प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको समानुपातिक उम्मेदवारी चयनमा पार्टीभित्र न्याय नभएको गुनासो गरेका छन् ।

संस्थापन इतर समूहले शनिबार एक कार्यक्रमको आयोजना गरी समानुपातिकतर्फको उम्मेदवार चयनमा संस्थापन समूहले एकलौटी गरेको आरोप लगाएका हुन् । नेता गुरुराज घिमिरेले पार्टीभित्र सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनमा टिकट वितरण गर्नुपर्ने बताए । “पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण गर्नुपर्छ, न्यायोचित टिकट वितरण नभए विद्रोह गर्न बाध्य हुन्छौँ”, उनले भने ।

कांग्रेसका अर्का नेता जगदिश्वरनरसिंह केसीले पार्टीको १४औँ महाधिवेशनमा पाएको मतको आधारमा उम्मेदवारी बाँडफाँट हुनुपर्ने बताए । उनले पार्टीभित्र सबैलाई मिलाएर लैजाने काम पार्टी सभापतिको भएकाले सोहीअनुसार पार्टी सभापति अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । कांग्रेस नेता भूपेन्द्रजङ्ग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय हुनुपर्ने बताउनुभयो । उहाँले आफू आगामी निर्वाचनमा कालिकोटबाट निर्वाचन लड्ने घोषणा गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस