‘अबको ध्येय जनताको अवस्था बदल्ने तर्फ’ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ९, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको ध्येय जनताको अवस्था बदल्ने रहेको बताएका छन्। चितवनको भरतपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले लामो संघर्षपछि व्यवस्था बदलेको र अब जनताको अवस्था बदल्ने गरी अघि बढ्ने बताएका हुन् ।

प्रचण्डले भने, ‘निकै ठुलो त्याग तपस्यापछि व्यवस्था बदलियो । अब जनताको मन छुने गरी अवस्था बदल्न लाग्नेछु। व्यवस्था बदलियो जनताको अवस्था बदल्ने हाम्रो प्रतिवद्धता छ । ’ विकास र समृद्धिको नयाँ मोडेल चितवनबाट प्रदर्शन गरिने बताए। प्रचण्डले भने, ‘चितवन र चितवनमार्फत् सिंगै देशमा विकासको गति दिइने छ। उत्पीडित वर्ग जाति र समुदायलाई समृद्धिको नयाँ उचाइमा लैजाने सोच छ।’

ताजा अपडेट

खोजी गर्नुहोस