शेयर बजार राताम्मे : झन्डै २४ अङ्कले घट्दा १ अर्ब रुपैयाँको कारोबार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ आश्विन ९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ९, काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय १५ दशमलव १३ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक उत्पादन र माइक्रोफाइनान्सको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २८ वटा कम्पनीको ४० लाख १४ हजार कित्ता शेयर एक अर्ब सात करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी बैंकको २६ करोड रुपैयाँको शेयर किनबेच भयो । आज तेह्रथुम पावर कम्पनीको शेयर झन्डै आठ प्रतिशत तथा निफ्रा र सामुदायिक लघुवित्तको शेयर साढे ६ प्रतिशतले घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस