हिजाब विरुद्धको आन्दोलनमा इरानमा ५० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ आश्विन ९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ९, काठमाण्डौ । इरानमा हिजाब विरुद्ध चलिरहेको आन्दोलनका क्रममा ५० जनाको मृत्यु भएको छ । पूरै टाउँको ढाक्ने गरी हिजाब नलगाएको आरोपमा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको गत भदौ ३१ गते प्रहरी हिरासतमा मृत्यु भएको थियो । अमिनीले हिजाबको नियम तोडेको प्रहरीको आरोप थियो। उनलाई पक्राउ गर्दा पटकपटक टाउकोमा हानेका तथा प्रहरीको गाडीमा समेत टाउको ठोक्काएका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

इरानी प्रहरीले भने यसलाई अस्वीकार गरेको छ । उनको मृत्युपछि इरानमा हिजाब जलाउँदै प्रदर्शन शुरू भएको छ । प्रदर्शनका क्रममा आइतबारसम्म कम्तीमा ५० जनाको मृत्यु भएको इरानका अधिकारीहरूलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस