नेपाल टेलिकमले ल्यायो डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दशैं अफर

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ आश्विन ९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ९, काठमाण्डौ ।  नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी उपलब्ध गराउने विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज बोनस अफर ल्याएको छ। दशैंका अवसरमा ल्याइएको उक्त अफर असोज ९ गते आइतबारदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन्।

जसमा डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी, १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।

यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क भ्वाइस ओभर एलटीई (भोल्टे) सेवा पनि उपलब्ध गराइएको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस