एमालेका नेता गंगाराम यादवद्धारा पार्टी परित्याग

आश्विन १०,काठमाडौँ । नेकपा एमालेका नेता गंगाराम यादवले पार्टी त्याग गरेका छन् । नेता यादवले आज पत्रकार सम्मेलन गर्दै आफूले नेकपा एमाले त्याग गरेको बताएका हुन् ।

यादव धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा थिए । तर, नेकपा एमालेले सो क्षेत्रबाट चुनाव लड्न लोसपा प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अगरियालाई अघि सारेको छ । सोही कारण रुष्ट यादवले एमाले त्यागेको घोषणा गरेका हुन् ।

उनले आफूलाई पार्टीले मूल्यांकन नगरेका आरोप लगाएका छन् । एमालेले पुरानोलाई अवमूल्यन गरेर नयाँलाई मात्रै अवसर दिएको उनले आरोप लगाए । यादव जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने तयारीमा छन् । जसपाले यादवलाई सोही क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार बनाउने तयारी गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply