मनास्लु हिमपहिरो: मृतकको परिचय खुल्यो ,१० जनाको सकुशल उद्धार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ११, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन ११,काठमाडौँ । गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिजो गएको हिमपहिरोमा मृत्यु भएका एक जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा सङ्खुवासभा घर भएका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

हिमपहिरोमा परेका अरु १० जनाको सकुशल उद्धार गरिएको छ । आज बिहानै हेलिकोप्टरमार्फत पुगेको उद्धार टोलीले निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्धार गरेर सामागाउँ ल्याएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए । अरु चार जनाको हिजो उद्धार गरिएको थियो । हिमपहिरोमा परेकाहरुको उद्धारका लागि चार वटा हेलिकोप्टर परिचालन गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस