डलरको भाउ अहिलेसम्कै उच्च ! नेपाली मुद्रा कमजोर बन्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ आश्विन ११, मंगलबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

आश्विन ११,काठमाडौँ । अमेरिकी डलरको भाउ अहिलेसम्कै उच्च १३० रुपैयाँ ९० पैसा बिक्रीदर पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १३० रुपैयाँ ९० पैसा तोकेको छ ।

गएको शनिबार डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा कमजोर बन्दै गएको छ । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्रामा असर पार्छ  । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस