गल्फ लुब्रिकेन्ट्सले दशैं यात्रुहरूलाई लक्षित Free Check-up camp सञ्चालन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ आश्विन १२, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन १२,काठमाडौ । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दशैंमा आ–आफ्नो घर पाल्ने यात्रुहरूलाई लक्षित गर्दै चार पांग्रे र दुइपांग्रे सवारी साधन Free Check-up camp आयोजना गर्ने भएको छ । सो camp असोज १३ देखि १५ सम्म आयोजना हुनेछ । कम्पनीका अनुसार,“ नेपालीको महान चाड दशैंको अवसरमा हामी मध्ये धेरैजना सडकबाट निजी सवारी साधनमा घर फर्कनेछौं ।

सो यात्रा आरामदायी बनाउन हामीले महत्त्वपूर्ण ठाउँहरु पहिचान गरी, त्यहाँँ ToxfFFree Check-up camp आयोजना गर्दैछौ ।“ मलेखु, हेटौडा , कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया,लौकी इटहरीमा क्याम्प स्थापना गरिएको छ । सो क्याम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशत सम्म छुट र स्पेयर पार्ट्समा १० प्रतिशत सम्म छुट पनि दिनेछ ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।

ताजा अपडेट

खोजी गर्नुहोस