मनास्लुमा ज्यान गुमाएकी स्की पर्वतारोही हिलारीको शव काठमाण्डौ ल्याइयो

आश्विन १२,काठमाडौँ । सोमवार मनास्लु हिमालमा हराएकी विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ ।

मनास्लुमा स्की गर्ने क्रममा हराएकी ४९ वर्षकी अमेरिकी आरोही हिलारीको शव आज भेटिएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए । उनको शव काठमाण्डौ ल्याइएको छ । हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराएकी थिइन् ।

हिउँले ढाकेको अवस्थामा भेटिएको हिलारीको शव आरोहणका लागि पुगेका गाइडहरूले उद्धार गरेका हुन् । सन् २००५ मा चोयु हिमालको चुचुरोबाट स्की गरेकी हिलारीको नाममा ल्होत्सेसहित आठ हजार मिटरभन्दा अग्ला दुईवटा हिमालबाट स्की गर्दै तल झरेर कीर्तिमानी रहेको छ । हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो ।

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?