२४ घण्टामा थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १२, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन १२,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८१८ जनाको कोरोना परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एक हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ३१ जना र एक हजार ५३४ एन्टीजेन परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ५२ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हाल मुलुकमा एक हजार १२२ जना सक्रिय सङ्क्रमित छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस