एमालेको सचिवालय बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १३, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १३, काठमाण्डौ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने बैठकमा निर्वाचनको तयारी र उम्मेदवार चयनका विषयमा छलफल हुने बताइउको छ । यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

साथै निर्वाचन आयोगमा पेस गरिएको समानुपातिक सूचीबारे पनि बैठकमा समीक्षा हुने बताइएको छ । एमालेमा प्रत्यक्ष तर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छान्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस