पर्साको बिभिन्न नाकाबाट प्रहरीकै मिलोमतो तस्करी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ आश्विन १३, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

दिपू वर्णवाल

असोज १३, वीरगंज । चाडवाडमा नेपाली उत्पादलाई बजारबाट बिस्तापित गर्ने उदेश्यका साथ पर्साको बिभिन्न नाकाबाट प्रहरीकै मिलोमतो भारी मात्रा तस्करी भइरहेको छ । हिन्दुहरुको विभिन्न चाड पर्व नजिकिए संगै प्रहरीकै सकृयता तथा संरक्षणमा बीरगन्जको बिभन्न नाकाबाट व्यपाक तस्करी भइरहेको स्रोतले जनाएको छ ।

प्रहरीको माथिलो निकाय र युनिटहरुकै प्रत्यक्ष निर्देशनमा एनि हाउ माल कमाउमा धन्दामा लाग्न निर्देशन माथिल्लो निकायबाटै आएको हुँदा सो अनुरुप काम भइरहेको प्रहरी संगठनकै इमान्दर सिपाहीहरुको भनाई छ । तस्कर तथा तस्करीलाई प्रहरीकै संरक्षण भएपछि वीरगंज भन्सार क्षेत्रमा तस्करहरुकै रजाई रहेको छ । अबैध ढंगले हुने राजस्व दोहनलाई नियन्त्रण गर्नकै लागि सिमाहरुमा खडा गरिएको सिङ्गो युनिटनै अबैध करोबारीहरु संग मुद्रा मोचनमा लागे पछि वीरगंजका केही नामुद तस्करहरुको जयजय भएको छ भने राज्यको करोडौ रकम बजारको राजस्व दिनहु चुहावत भइरहेको छ ।

लामो समय देखि तस्करी धन्दामा रहेर नाम कमाएका मदन रुन्चे , हरेन्द्र पटेल,बली लगाएतका दर्जनौं तस्करहरु दिन्हु वीरगंजको छपकैंया बाट खुलम खुल्ला कपडाका तस्करी गरिरहेका छ्न । ती तस्करहरूलाई इलाका प्रहरी कार्यलय छपकैंयाका वरिष्ठ सई अशोक बस्नेतको निर्देशनमा कपडाको तस्करी लाइन दिइएको बुझिएको छ ।

तस्करहरु संग सेटिङ्ग मिलाउन मुख्य भुमिका प्रहरी हवल्दार मोहन यादवले गर्ने गरेको जनाइएको छ । यादव इलाका प्रहरी कार्यालय छपकैंयाका घुमुवा हुन, कसलाई लाइन दिने,नदिने कसँगं कति पैसा लिने,नलिने यादवको हाथमा रहेको छ । तस्करहरू दिन र रातमा गरी ४०० देखि ५०० पोका मोटरसाइकल मार्फत छपकैया हुदै सिमा नाकाबाट बीरगन्जमा कपडा ल्याउने गरेको तथा पछि वीरगन्ज हुँदै हेटौंडा , नारायणधाट र काठमाडौं सम्म पु¥याउँने गरेको छ । बीरगन्जका ट्रान्सपोर्ट संचालक हरदेव यादव र उनका कारोबारी पार्टनर रूपमा अर्का कारोबारी ईमरान लगाएतका दर्जनौं तस्करहरु इनरुवा गाउँ नाकाबाट इनरुवा गाउँ चौकीका प्रसनी बलबहादुर तामाङको मिलिभगतमा व्यापक कपडा र पटखाको तस्करी गरिरहेका छन ।

यसरी मातहतका प्रहरी कर्मचारीहरु तस्करमा समलग्न रहेको भएपनि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी अधिकारी आफुहरुलाई सोबारे केहि थाहा नरहेको भन्दै झराटार्ने गरेका छन् । छपकैया नाका तस्करी र तस्करीका कारण गन्हाई सकेको छपकैयावासीहरुकै गुनासो छ । प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको बिषयमा वरिष्ठ सई वस्नेतसँग प्रतिक्रिया लिन खोज्दा यो सबै कुरा झुठा तथा कपोल्कल्पित रहेको बताउँदै आएका छन् । तर सो क्षेत्रका स्थानिहरुले धेरै पटक उनले नै तस्करहरुलाई मोबाईल र इसाराले ग्रिन सिग्नल दिने गरेको देखेको बताउँछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस