ज्यूँदै आगो लगाएर १४ वर्षीया किशोरीको हत्या, अभियुक्त पक्राउ नपरेपछि सरकारको आलोचना

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ पौष ९, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष ९, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित आगरामा एक दलित किशोरीको हत्या भएको छ। एक साता पहिले मोटरसाइकलमा आएका दुई जनाले सञ्जली नाम गरेकी किशोरीलाई ज्यूदै आगो लगाएर हत्या गरेका हुन्।

प्रज्वलनशील पदार्थ शरीरमा हालेर सार्वजनिक रुपमै आगो लगाएर उनको हत्या भएको थियो। आगोले जलेर गम्भीर घाइते भएकी सञ्जलीलाई दिल्लीस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। उपचारको प्रयासका वावजुद चिकित्सकले उनलाई बचाउन सकेनन्।

उत्तर प्रदेश प्रहरीले घटनाको छानबिन गरिरहेको बताएपनि अभियुक्तलाई ६ दिनसम्म पनि पक्राउ गर्न सकेको छैन।

घटनापछि महिलाको सुरक्षाको विषयमा मुख्यमन्त्री योगी आदित्यनाथमाथि विपक्षी खनिन थालेका छन्। साथै विभिन्न राजनीतिक दल तथा अधिकारवादी संघ–संस्थाले पनि हत्याको निन्दा र भत्सर्ना गर्दै न्यायको माग गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस