एमालेमा गएको दुई सातामै चितवनका माओवादी नेता मुलपार्टीमा फर्किए

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ आश्विन १३, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन १३,चितवन । नेकपा एमाले प्रवेश गरेको करिब दुई सातापछि चितवनको माडीका नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । माओवादीको बागमती प्रदेश सदस्य रहेका गिरीधारी सुवेदी र माडी–७ का सचिव सुरेश थापा पुनः माओवादीमै फर्किएका माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।

बिहीबार उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा स्वागत गरेका हुन् ।

उनीहरु ३० भदौमा माओवादीका पूर्वजिल्ला अध्यक्ष यमबहादुर परियारसहित एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए । नयाँ घर सर्ने क्रममा केही दिन चितवन बसेका प्रचण्डले उनीहरुसँग कुराकानी गरेपछि उनीहरु माओवादीमा फर्किन तयार भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस