एमालेको समानुपातिक सांसदको सूची थपघट गर्ने जिम्मा पार्टी अध्यक्ष ओलीलाई !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १४, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १४, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समानुपातिक सांसदको सूची थपघट गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । बिहीबार राति अबेरसम्म बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फको उम्मेदवार सूची थपघट गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको हो ।

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले यसअघि असोज ३ गते समानुपातिक सांसद हुनेको नाम निर्वाचन आयोगमा बुझाएको थियो । सो लिष्टमा आवश्यक उम्मेदवारको नाम हेरफेर गर्ने जिम्मा ओलीलाई दिइएको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस