साझाका ३७ बिजुली बस चीनबाट नेपाल ल्याइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १४, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १४, काठमाडौं । साझा यातायातले ल्याउने थप बिजुली बस चीनबाट नेपालतर्फ ल्याउन सुरु गरिएको छ । साझा यातायातले ट्टिटरमार्फत कोदारी तातोपानी नाका हुँदै ३७ वटा बस ल्याउन सुरु गरिएको जानकारी दिएको छ ।

३ वटा बिजुली बस ल्याएर चलाइसकेको साझाले थप ३७ वटा बस ल्याउन लागेको हो । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले २३ असारदेखि काठमाडौंंमा सेवा थालेका थिए । पहिलो चरणमा ल्याइएका बिजुली बस साझाले नियमित सेवा दिंदै आएका रुटहरुबाट सेवा दिइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस