नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १५, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १५, काठमाण्डौ । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन्। उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरेका हुन्। २५ अक्टोबर २०१८ मा ओहदाको प्रमाणपत्र प्राप्त गरेका राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिएको हो। उनले नेपालमा विदाई भेटघाट गरिरहेका छन्। नेपालका लागि राजदूत रहेका र्‍याण्डी बेरीको कार्यकाल सकिएसँगै अब नेपालमा डिन थम्सन आउने भएका छन्। काठमाडौं स्थित अमेरिकी दूतावासका अनुसार नव नियुक्त राजदुत थम्प्सन केही दिनमा काठमाडौं आउने छन्।

थम्सन यसअघि अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला ब्युरोफका उपसहायक सचिव थिए। अमेरिकी नीति र सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई थियो। थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ।

ताजा अपडेट

खोजी गर्नुहोस