सरकारको लापरबाहीले दसैंमा डेंगु गाउँ नभित्रियोस्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १५, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १५, काठमाण्डौ ।  अहिले देश दसैंको मुखमा छ । भित्रिसकेको दसैंले सबैको मनमा हर्ष र उमंग छ । कोरोनाले अत्याएका  नेपालीलाई यस वर्ष भने सहजरुपमा दसैं मनाउन पाइएला भन्ने लागेको थियो तर देशमा अर्को महामारीले छोएको छ । देशका एक बाहेक सबै जिल्लामा फैलिएको यो  डेंगुले यस वर्षको दसैं रमाइलो गरी मनाउन नदिने पक्का छ । घर घरमा डेंगुले ग्रस्त परेका बिरामी हुँदा कसरी एकाघरका परिवारले खुसियाली बाडेर दसैं मनाउन सक्छन् रु डेंगुको सङ्क्रमण नियन्त्रण गर्न सरकारले बेलैमा ध्यान नदिँदा अहिलेको अवस्था उत्पन्न भएको हो । कोरोना कालमा जसरी तदारुकताको साथ सरकारले पहल गरको थियो अहिले डेंगुलाई सरकारले हेपेको छ । हो त्यही हेपाईको परिणाम अहिले देशैभरी देखिएको छ ।

जनस्वास्थ्य विज्ञहरूको चेतावनीको बाबजुद सरकारले कुनै पहल गरेको छैन । सावधानी समेत अपनाएको छैन । अहिले गर्नु पर्ने मुख्य काम भनेको डेंगु फैलाउने लामखुट्टे खोज्ने र नष्ट गर्ने हो । तर सरकारले केन्द्र स्तरबाट यसको काम गरेको छैन । केही स्थानीय तहले भने लामखुट्टेको लार्भा खोजी गर र नष्ट गर को अभियान संचालन गरेका छन् ।

देशमा डेंगुबाट २७ हजारभन्दा बढी सङ्क्रमित भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकै तथ्यांक छ । यीमध्ये ३६ जनाको त मृत्यु नै भइसकेको छ । अझ सामान्य ज्वरो भन्दै घरमै बसेकाहरु र अस्पतालसम्म पहुँच नहुनेको तथ्यांक सरकारले देखाएको भन्दा बढी हुन सक्छ ।

काठमाडौं उपत्यकामा नै कुल सङ्क्रमितको आधा बिरामी छन् । तिनको उपचारका लागि अस्पतालमा ठाउँको चर्को अभाव छ । यति मात्र होइन स्वयम् चिकित्सक र स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेका छन् ।
अब दसैंको लागि शहरबाट गाउँ ठाउँ फकैनेको लर्को छ । यस्तो काठमाडौं उपत्यकाबाट मात्र लाखौं मानिस बाहिरिन्छन् । ति मध्ये कतिमा डेंगुको संक्रमण भइसकेको छ। भने कतिको शरीरमा संक्रमण भएर लक्षण नदेखिन पनि सक्छ । जसले गर्दा गाउँ ठाउँमा रमाइलो गर्न जम्मा हुँदा संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अन्यलाइ टोक्दा सहजै डेंगुु सर्न सक्छ । यसरी पुरे गाउँ नै संक्रमित नहोला भन्न सकिँदैन । डेंगु फैलन नदिने जिम्मेवारी परिवार, समुदाय र सरकार सबैको हो । परिवारतहदेखि नै डेंगुको जोखिम र त्यसबाट जोगिन अपनाउन सकिने उपायबारे सजग हुनु जरूरी छ । दसैंको पनि माहोल छ कम्तीमा घरभित्र र वरपर पानी जम्ने खाल्टाखुल्टी पुरेर लामखुट्टे फैलन नदिन सकिन्छ ।
सरकारले जनतालाई यस्तो काममा उत्प्रेरित गर्नु पर्नेमा त्यसो भएको पाइदैन । उल्टै सरकार त कानमा तेल हालेर बसेको छ ।
तर अब भने सजक हुने समय आएको छ । दसैं पछि डेंगु संक्रमणको तथ्यांक अवश्य नै बढ्ने छ । तर यसो भन्दैमा हात बाँधेर भने बस्न हुँदैन। समुदायस्तरमै पनि लामखुट्टे फैलन सक्ने ठाउँ खोजेर त्यसलाई पुर्ने वा कीटनाशक विषादी छर्केर सङ्क्रमण नियन्त्रणमा सहयोग गर्न सकिन्छ । घना बस्तीहरूमा केन्द्रित लामखुट्टे नियन्त्रण अभियानको नेतृत्व स्थानीय तहले लिनुपर्छ । दसैंको बेला डेंगुको दसा घरमा नभित्रियोस् सबैमा सुभकामना ।

ताजा अपडेट

खोजी गर्नुहोस