ओलीले ६ सिट दिएर राप्रपासँग गठबन्धन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १५, शनिबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाण्डौ । पाँच दलीय सत्ता गठबन्धनलाई निर्वाचन क्षेत्रमा चुनौती दिन विपक्षी दल नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपासँग चुनावी गठबन्धन गर्ने अन्तिम तयारी गरेको छ । यद्यपि राप्रपा र लोसपा दुवैले धेरै सिट दाबी गर्दा उनीहरूसँग चुनावी तालमेल गर्न पनि एमालेलाई हम्मे परेको छ ।

एमालेका एक स्थायी समिति सदस्यका अनुसार प्रतिनिधि सभामा राप्रपालाई देशभर ६–७ सिट दिन एमाले अध्यक्ष केपी ओली तयार छन्। तर राप्रपाले भने १०–१२ सिट दाबी गरिरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस