नागढुंगा-नौबिसे सडकखण्डमा जाम: जथाभावी ओभरटेक नगर्न आग्रह

आश्विन १६,काठमाडौँ । काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग नागढुंगा नौबिसे सडकखण्डमा बिहानैदेखि जाम छ । यात्रु र गाडीको चाप बढेसँगै ठाउँ ठाउँमा गाडी पनि बिग्रिरहेकाले जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

बिहान सुरुङ मार्ग नजिकै बिग्रिएको गाडी हटाएर गाडी पास गराए पनि फेरि अर्को गाडी बिग्रिएकाले जाम बढेको नागढुंगाका ट्राफिक प्रहरी निरिक्षक टपेन्द्रबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार अहिले गाडीको लाइन बाडभञ्याङसम्मै आइपुगेको छ ।

दशैँका लागि गाउँ घर जानेको चाप बढेसँगै केही दिन यता यो सडकखण्डमा दिनहुँ लामो जाम हुने गरेको छ ।

सडकको अवस्था, गाडीको चाप र गाडी बिग्रने समस्यासँगै मोटरसाइकल, स्कुटर जस्ता साना गाडीले जथाभावी ओभरटेक गर्दा समेत जाम बढ्ने गरेको उनले बताए ।

गाडीको चाप भएका बेला जथाभावी ओभरटेक नगर्न पनि उनको आग्रह छ । यस्तै, कतिपय अवस्थामा तेल सकिएर पनि गाडी रोकिँदा जाम हुने गरेकाले यात्रामा निस्कनु अघि गाडीमा पर्याप्त मात्रामा तेल हाल्न पनि प्रहरीको अनुरोध रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply