हेटौंडामा रात्रि बस दुर्घटना, दुई जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ आश्विन १७, सोमबार (१ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

असोज १७, मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाई मन्दिर नजिकैको खण्डमा रात्रि बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । बसमा सवार अन्य ३६ जना घाइते भएका छन् ।

काठमाडौंबाट दमक तर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आफै अनियन्त्रित भई आइतबार राति नालीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार झापाको दमक-५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ जिल्ला बेलबारी-८ काअन्दाजी ५१ वर्षीय कल्पना राजबंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये ३० जना हेटौंडा अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

थप उपचारका लागि तीन जनालाई भरतपुर, २ जनालाई काठमाडौँ पठाइएको छ भने एक जनाको हेटौंडामैं उपचार भैरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस