के यसपालिको दसैँ हिले होला ? यस्तो छ मौसम पूर्वानुमान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १७, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौँ । आज देशका विभिन्न भू–भागमा बर्षाको सम्भावना छ । आज दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।

प्रदेश–१ र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । यस क्रममा प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार दसैँको नवमी अर्थात् असोज १८ गतेदेखि भने वर्षाको मात्रा बढ्दै जाने प्रक्षेपण गरिएको छ । भोलि मंगलबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै मंगलबार राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी असोज १९ गते बुधबार (विजया दशमी) का दिन दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भारीदेखि धेरै भारी वर्षा तथा प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार बुधबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस