दसैँ बिदामा डेङगुको परिक्षण रोकेपछि सर्बसाधरण आक्रोसित

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ आश्विन १७, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १७, काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दसैँ बिदा परेर डेङगुको परिक्षण बन्द गरेपछि सर्बसाधरण आक्रोसित बनेका छन् । हिजो फुलपाती देखि आउँदो शुक्रवारसम्म प्रयोगशालामा डेङ्गीको परीक्षण रोकेपछि सर्बधारणले आक्रोस पोखेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले अनुसार स्थानीयस्तरमा नै परीक्षणको व्यवस्था मिलाइएकाले नागरिकको सेवा प्रवाहमा असर नपर्ने बताए । परिक्षण रोकपछि डेङ्गी परीक्षणका लागि किट अभाव भएको भन्ने हल्लामा कुनै सत्यता नभएको समेत उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समुदायस्तरमै डेङ्गी फैलिएपछि यसको परीक्षण गर्न आवश्यक किट पनि समुदायस्तरमै उपलब्ध रहेकाले स्थानीय तहमार्फत समेत डेङ्गी परीक्षण गर्न सकिने जनाएको हो । हाल ३० हजारभन्दा बढीमा डेङ्गी सङ्क्रमण फैलिसकेको छ भने ३९ जनाको मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस