तलेजु भवानी मन्दिरमा भक्तजनहरुको भीड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १८, मंगलबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौं । तलेजु भवानीको मन्दिरमा आज भक्तजनहरुको भीड लागेको छ । प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको हो ।

यसैबीच, तुलजा भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आइतबार बिहान १०:०५ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई त्यसै दिन बिहान ११:३५ बजेको साइतमा स्थिरासनमा राखिएको उनले बताए ।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी सोमबार राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिएको थियो ।

विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान ७:३५ बजे यात्रा गराइने छ । बिहान ८:४७ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस