भागबण्डा मिलाउन सत्ता गठबन्धनको ‘निर्णायक बैठक’ बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १८, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १८, काठमाडौं । आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ । आजको बैठकलाई ‘निर्णायक बैठक’ भनिएको छ । हिजोको बैठक विना निष्कर्ष सकिएको थियो ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार मंगलबारको बैठकबाट सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी छ । जसका लागि अहिले दलहरू आन्तरिक तयारीमा छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

सिट बाँडफाँटका लागि सत्तारूढ गठबन्धनले गत साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेको थियो । साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएपनि अहिलेसम्म टुंगो लागेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस