जापानी आकाश हुँदै उत्तर कोरियाले हान्यो ब्यालेस्टिक क्षेप्यास्त्र

असोज १८, काठमाडौं । उत्तर कोरियाले उत्तरी जापानी आकासमा ब्यालेस्टिक मिसाइल हानेको छ । जापानको होक्काइडो आइल्याण्डमा उत्तर कोरियाले आधारभूत दूरीको मिसाइल प्रहार गरेको हो ।

सन् २०१७ पछि उत्तर कोरियाले जापानमाथि पहिलो पटक मिसाइल प्रहार गरेको हो । मिसाइल प्रहारपछि जापान सरकारले त्यहाँका नागरिकलाई घरबाहिर ननिस्किन अपिल गरेको छ । रेल सेवासमेत अवरुद्ध गरिएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको यो कदमको कडा निन्दा गरेका छन् । उनले उत्तर कोरियाको कदमलाई ‘हिंस्रक व्यवहार’ को संज्ञा दिएका छन् । आफ्नो भूमिमा मिसाइल प्रहार भएपछि जापान सरकारले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ ।

जापान सरकारले यो मिसाइल जापानको करिब ३ हजार किलोमिटरको दूरीमा रहेको प्रशान्त महासागरमा खसेको बताएको छ । दक्षिण कोरियाले स्थानीय समयअनुसार बिहान साढे सात बजे प्रक्षेपण गरिएको मिसाइल जापानको हवाई क्षेत्र हुँदै समुद्रमा खसेको जनाएको छ । उत्तर कोरियाले एक हप्ताभित्र पाँचौ मिसाइल परीक्षण गरेको हो ।

संम्बन्धित समचार

Leave a Reply