बढ्दै बिमाको विस्तार

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७९ आश्विन १८, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १८, काठमाडौं । नेपालको कुल ३९.०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९.०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो ।

२०७८ असार मसान्तसम्म २५.२३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच बिस्तार भएकोमा वैदेशिक रोजगार बीमालेखसहितको तथ्यांक जोड्दा बीमाको पहुँचमा आएको जनसंख्या २०७९ असारसम्म ४२.०३ प्रतिशत पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

२०७८ असार मसान्तसम्म वैदेशिक रोजगार बीमालेखसहित २७.५३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो ।

यस्तै, मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा मात्र बीमा कम्पनीहरुले १ खर्ब ७७ अर्ब ५३ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएका छन् ।

यो आर्थिक वर्ष २०७७/७८ को तुलनामा १६.३ प्रतिशत बढी हो । सो आवमा १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस