मासु खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ आश्विन १८, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १८, चितवन । मासु खाँदा घाँटीमा अड्किए पछि चितवनका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस