युएईलाई हराउँदै भारत महिला एशिया कप क्रिकेटको शिर्ष स्थानमा

असोज १८, काठमाडौँ । युएईलाई फराकिलो अन्तरले हराउँदै भारत महिला एशिया कप क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ । आज भएको खेलमा भारतले युएईमाथि १०४ रनको फराकिलो जित हात पारेको हो ।

भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको युएई निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ७४ रनमा समेटिएपछि भारतले फराकिलो जित हात पारेको हो । युएईका कबिशा ईगोडागेले अबिजित रहँदै सर्बाधिक ३० रन जोडिन । यस्तै खुसि शर्माले २९ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

यसअघि बङ्गलादेशको सिलहट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर सुरुवाती ब्याटिङ थालेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १७८ रन बनायो । भारतका लागी जेमिमाह रोड्रिग्जले अबिजित रहँदै सर्बाधिक ७५ रनको योगदान गरिन् । ११ बलको समना गरेकी उनले ११ चौका प्रहार गरिन् । दिप्ती शर्माले ६४ तथा पुजा पूजा वस्त्रकारले १३ रन जोडिन् ।

जारी प्रतियोतिामा भारतले अहिलेसम्म हार ब्यहोरेको छैन । खेलेको ३ खेलमा लगातार तेस्रो जित निकालेको भारत ६ अंक जोड्दै शिर्ष स्थानमा छ भने एक खेल कम खेलेको पाकिस्तान दोस्रो तथा श्रीलंका तेस्रो स्थानमा छ ।

संम्बन्धित समचार

Leave a Reply