यस वर्षको दशैं झरीमय हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १९, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाडौँ । यस वर्षको दशैं झरीमय बनेको छ । दक्षिण–पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीको प्रभावले हिजो महानवमीदेखि लगातार पानी परिराखेको छ । मौसम पूर्वानुमान महाशाखाले नवमीदेखि द्वादशीसम्म पानी पर्ने प्रक्षेपण गरेको छ ।

आज बडा दशैँको मुख्य दिनमा पनि देशका धरै स्थानमा भारी देखि धेरै भारी वर्षाको अनुमान गरिएको छ । आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा मधेश प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको आंकलन गरिएको छ । बाँकी स्थानहरुमा सामान्यदेखि पूर्ण बलदी रही मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

पछिल्लो समयमा झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुङ्गा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रूकुम पूर्व, प्यूठान लगायतका जिल्लामा भारी वर्षा भएको महाशाखाले जानकारी दिएको छ । भारी वर्ष भएपछि ती क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउनसक्ने भन्दै सचेत हुन अनुरोध गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरो लगायतका कुनै जोखिम भएमा स्थानीय सरकार, प्रहरी प्रशासन वा गृहमन्त्रालयमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस