दशैैमा टिका लगाइदिँदा मन्त्रले दिने आशीर्वाद र त्यसको अर्थ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १९, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १९, काठमाडौं । आज विजया दशमी । आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टिका र समृद्धिको प्रतिक जमरा गह्रण गरि लगाइदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

विजया दशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए ।

टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले बताए । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

विजयादशमीमा टीका लगाइदिँदा मन्त्रले आशीर्वाद दिने र त्यसको अर्थ
आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ॥
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ॥

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोराको जस्तो सत्यता होस्, विदुरको जस्तो ज्ञानरविज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ॥

नारीलाई देवीको रुप मानिने भएकाले यहाँ देवीको स्तुति गरिएको छ । यो मन्त्रको अर्थ हो- जित्नेवाली मंगल गर्नेवाली देवी भद्रकाली (दक्षप्रजापतीको यज्ञ विनास गर्न सतीदेवीको क्रोधबाट प्रकट भएकी देवी), कपालिनी, दुर्गा (दुर्ग नाम गरेको राक्षसलाई मार्नेवाली देवी), पृथ्वी, स्वाहा (दक्षप्रजापतीकी छोरी), स्वधा (दक्षप्रजापतीकी छोरी र अग्निकी पत्नी) त्यस्ती देवीलाई नमस्कार छ ।

ताजा अपडेट

खोजी गर्नुहोस