तेह्रथुममा करेन्ट लागेर एक युवकको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ आश्विन १९, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १९, काठमाडौं । तेह्रथुममा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु गएको छ । आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामलाई इन्टरनेटको लाईन जोड्न लाग्दा करेन्ट लागेको हो ।

इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीका अनुसार इन्टरनेटको लाईन जोड्न विद्युतीय पोलमा चढ्दा करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस