गठबन्धनलाई जसपाको दबाब थेग्नै मुस्किल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १९, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाडौं । जनता समाजवादी पार्टीले न्यायोचित रुपमा सिटबाँडफाट नगरे गठबन्धन भत्किने भन्दै असोज २३ गतेसम्मको अल्टिमेटम दिएसंगै सिट बाँडफाँटको बिषय टुङ्ग्याउन गठबन्धनलाई दबाब बढेको छ । दशैँ अगाडी नै सहमति भईसक्ने दाबी गर्दै आएका दलहरुले अझै अन्तिम रुप भने दिन सकेका छैनन् ।

एक साता यता दैनिक जस्तै बैठक बसेपनि हातमा लाग्यो शुन्य भनेझैँ बैठकमा प्रगती भने हुनै सकेको छैन । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निबास बालुवाटारमा अहिले पनि जारी छ ।

सिट बाँडफाँटका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिम रुप लिने काङग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले जानकारी दिए । उनले अधिकाशं सितमा सहमति भएको र केही मात्र सितमा मिलाउन बाँकी रहेकामा अब टुंगो लाग्ने बताए ।

प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच छलफल भइरहेको छ । नेपाली कांग्रेसले ८५ र माओवादी केन्द्रले ४४ सिट पाउने देखिएको छ । एकीकृत समाजवादीले १८, जसपाले १६ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने देखिन्छ । तर कम सिट दिएको भन्दै सत्ताघटक एकीकृत समाजवादी र जसपा भने रुष्ट बनेका छन् ।

ठूला दलले न्यायोचित र बैज्ञानिक तरिकाले जित्ने गरी सिटबाँडफाँटक गर्नेमा ढुक्क रहेको बताउँदैँ जसपाका प्रबक्ता मनिष सुमनले यदि यहि बिषयमा दलहरुले माने ठिकै हुने नभए अन्य दलसंगै तालमेल खुला गर्ने चेतावनी दिए ।

‘ठूला दलले आज भोली नै न्यायोचित तरिकाले गठबन्धनमा चुनावी तालमेलको लक्ष्य निर्वाचित हुनु, निर्वाचित हुने गरी गरी सिटको तालमेल गर्छ, बैज्ञानिक तरिकाले तालमेल गर्छ भन्ने हामीलाई विश्वास छ । यी कुराहरु हामीले गठबन्धनमा पनि उठाएका थियौँ । मान्यो भने ठिकै छ, मानेन भने हामी अन्य विकल्पमा जान्छौँ, त्यो भनेको अन्य पार्टीसँग लालमेल गर्छौ’, उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस