असोज १९, बर्दिया । मंगलबार रातिदेखि परेको वर्षाले बबई नदीको जलसतहले खतराको तह पार गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार बबई नदीमा जलस्तर ६.१० मिटरमाथि बगिरहेको छ ।
बबई नदीको जलसतहले खतरा तह पार गरेपछि नदी तटीय क्षेत्र, दाङ, बर्दियाका डुबान भइरहने होचा क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । त्यस क्षेत्रमा सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए ।
मौसम पूर्वानुमान महाशाखाले भीषण वर्षा हुने अनुमान गरेपछि तटीय क्षेत्रका सर्वसाधारणलाई सजक रहन अनुरोध गरेको हो । हरेक एक घण्टामा चेपाङ, बर्दिया जलमापन बबई नदीस्थित जलमापन केन्द्रले बाढीको अवस्थाबारे जानकारी जिल्ला प्रशासन कार्यालयमा दिन भनिएको छ ।