बलात्कार आरोपी सन्दीप लामिछाने आज बिहान नेपाल आइपुग्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन २०, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २०, काठमाडौँ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले बिहीबार बिहान १० बजे विमानस्थल आइपुग्ने जनाएका हुन् ।

‘प्रहरी अधिकारीसमक्ष आत्मसमर्पण गर्ने प्रतिबद्धताबमोजिम म बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदैछु’, उनले लेखेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई जानकारी गराइसकेको छु ।’

क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएपछि लामिछानेलाई प्रहरीले २३ गते पक्राउ पुर्जी जारी गरेको थियो । युवतीले प्रहरीसमक्ष दिएको जाहेरीमा सन्दीपले केन्या उड्नु अघिल्लो रात होटलमा बोलाएर जबरजस्ती करणी गरेको दाबी गरिएको छ ।

नेपाली क्रिकेटका कप्तान रहेका उनलाई त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई निलम्बन गरेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस