नारायणी, पश्चिम राप्ती र बबई नदीले खतराको तह नाघ्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन २०, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २०, काठमाडौँ । गत मंगलबारदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बिहीबार बिहान दिएको जानकारीअनुसार देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको हो ।

विभागका अनुसार देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह ७.३ मिटर नजिक पुगेको छ । नारायणी जलाधार क्षेत्रमा थप वर्षा भइरहेको र जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको छ ।

चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेहरूलाई आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

यस्तै, बाँकेको पश्चिम राप्ती र बर्दियाको बबई नदीको जलसतहले खतराको तह नाघेको छ । बाढी सूचना केन्द्रका अनुसार दुबै नदीमा जल सतह ६ मिटर माथि बगेको छ । राप्ती नदीमा ५.४० मिटर पुगेपछि खतरा मानिन्छ भने बबई नदीमा ५.५० मिटर पुगेपछि खतरा मानिन्छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर नदी तटिय क्षेत्र र डुबान हुने होचा जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस