बडादशैँको दोस्रो दिन आज पनि टीका र जमरा लगाउने क्रम जारी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ आश्विन २०, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २०, काठमाडौँ । आज बडादशैँको दोस्रो दिन असोज शुक्ल एकादशी । आज पति बडादशैँको टीका र जमरा लगाउने क्रम जारी छ ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने चलन छ ।

कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैं अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस