च्याम्पियन्स लिगः सिटीले फराकिलो जित

असोज २०, काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले हराएको हो ।

सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । रियाद महरेज र जुलियन अल्भारेजले एक एक गोल गर्दा सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको सातौं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । ३२ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

खेलको ३९ औं मिनेटमा कोपनहेगनका खोचोलाभाले आत्मघाती गोल गरे । ५५ औं मिनेटमा महरेजले गोल गर्दा सिटीको अग्रता ४-० को बन्यो । त्यसपछि खेलको ७६ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई ५-० को जित दिलाए ।

जितसँगै सिटीले अपराजित यात्रा कायम राखेको छ । समूह ‘जी’ रहेको सिटीले ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । कोपनहेगन १ अंक जोडेर पुछारमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply