कर्णाली प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता शुरु

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०७५ पौष १०, मंगलबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस १०,रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा कर्णाली प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु भएको छ ।

जिल्ला क्रिकेट सङ्घको आयोजनामा ‘राष्ट्रका लागि खेलकूद र स्वास्थ्यका लागि खेलकूद’ भन्ने मूल नाराका साथ टी–२० प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरे ।

मुख्यमन्त्री शाहीले कर्णालीमा खेलकूदको विकासका लागि प्रदेश सरकार तत्पर रहेको बताए । प्रदेश चिनाउने माध्यम क्रिकेट पनि भएको भन्दै उनले क्रिकेटमा व्यक्तिको खेल कौशल र घरपरिवारको सहयोग महत्वपूर्ण हुनेमा जोड दिए ।

प्रतियोगितामा जुम्ला, जाजरकोट, डोल्पा, सुर्खेत, रुकुम, कालीकोट र सल्यानका टीम सहभागी छन् । उद्घाटन सत्रमा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिमला केसी, कर्णाली प्रदेश सदस्य गोपाल शर्मा लगायतको सहभागिता रहेको थियो । प्रतियोगिता यही पुस १७ गतेसम्म चल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस