बिमानस्थलबाटै पक्राउ परे सन्दीप लामिछाने

असोज २०, काठमाडौँ । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई बिमानस्थलबाटै प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको हो ।

आफू आज स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका उनले कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत बिहान १० बजे ओर्लिने भने पनि खराब मौसमका कारण उक्त विमान निर्धारित समयभन्दा केही बेर ढिलो अवतरण भएको थियो ।​

प्रहरीले उनलाई विमानस्थलबाट सिधै गौशला बृतमा लगेको छ । उनको स्वस्थ्य परीक्षणको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

उनी भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए । त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न जमैका गएका थिए । उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

 

 

 

संम्बन्धित समचार

Leave a Reply