गठबन्धनमा गठजोड मिलाउनै सकस, कांग्रेसमा संस्थापनइतरको चेतावनी

असोज २०, काठमाण्डौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले जारी छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा जारी बैठकमा अधिकतम लचकता अपनाउँदै सहमतिका लागी प्रयास भैरहेको जसपा अध्यक्ष उपेन्द्र यादबले जानकारी दिए ।

उम्मेदवारी दर्ता गर्ने दिन अब तीन दिन मात्रै बाँकी रहँदा गठबन्धनमा सहमति जुट्न सकेको छैन । कार्यदलका सदस्यहरु समेत सहभागी बैठकमा एकभन्दा बढी दलको दाबी रहेको क्षेत्रहरुमा सहमतिको प्रयास भइरहेको छ ।

यसैबिच गठबन्धनको बैठकका बसेकै कारण कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्न सकेको छैन । विहान ९ बजेका लागी कार्यसम्पादन समिति बैठक बोलाएपनि अहिलेसम्म बैठक बस्न नसकेको हो ।

यता नेपाली कांग्रेसको शेखर कोइराला समूहले प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ ४० प्रतिशत सिट पाउनुपर्ने माग गरेको छ । शीर्ष नेताको उपस्थितिबिना काठमाडौंको एक पार्टी प्यालेसमा बसेको बैठकले आगामी मंसिरमा हुने चुनावमा सम्मानजनक सितको माग गरेको हो ।

संस्थापनइतर पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष एकलौटी रूपमा टिकट वितरणको दिशातर्फ गएको भन्दै सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको छ । आफूहरूको भेलालाई देउवासहित संस्थापन पक्षको नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउनेसमेत चेतावनी दिएर बैठक सकिएको भुपेन्द्रजंग शाहीर्ले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply